एनिभर्सरी गेम्सअन्तर्गतको दौड युसेन्ट बोल्टले जिते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एनिभर्सरी गेम्सअन्तर्गतको दौड युसेन्ट बोल्टले जिते

Share This
१२ साउन । छ पटकका ओलम्पिक च्याम्पियन जमैकन धाबक युसेन्ट बोल्टले लण्डनमा जारी एनिभर्सरी गेम्सअन्तर्गत पुरुष १ सय मिटरतर्फको दौड पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।
ओलम्पिक स्टेडियममा गएराति भएको एक सय मिटरतर्फको दौड ९ दशमलव आठ–पा“च सेकेन्डमा पूरा गर्दै बोल्टले पहिलो स्थान हात पार्न सफल भएका हुन् । बोल्टले सन् २००८ को बेजिङ ओलम्पिक्स र सन् २०१२ को लण्डन ओलम्पिक्समा १ सय, २ सय मिटर तथा फो इन्टु हन्ड्रेड मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । त्यस्तै, पा“च वटा विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक हात पारेका छन् ।

यता अमेरिकी धाबक मिचेल रोड्ग्रेसले दोस्रो स्थानमा रह“दै दौड पूरा गरे । ९ दशमलव नौ–नौ सेकेन्डमा दौड पूरा गरेका अर्को जमैकन धाबक नेस्टा कार्टेरले तेस्रो स्थानमा चित्त बुझाएका छन् । १० दशमलव एक–शून्य सेकेन्डमा दौड पूरा गरेका बेलायती धाबक जेम्स दसाउलु भने घाइते भएपछि बाहिरिएका छन् । प्रतियोगिताका बोल्टलाई रकेटमा राखेर स्टेडियममा घुमाइएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here