लडाकुको तलबभत्तामा भएको अनियमितताका विषयमा अख्तियारबाट अनुसन्धान

१९ असार । माओवादीका तत्कालीन शिविरमा लडाकुलाई दिइएको तलबभत्तामा व्यापाक भ्रष्टाचार भनिएको काण्डमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

बाहिर चर्चा गरिएअनुसार शिविरमा चार अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ । उक्त विषयलाई लिएर मुख्य दलहरुबीच तीब्र विवाद पनि भएको थियो । अख्तियार स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानअघि बढाइएको छ । लडाकुलाई दिएको खर्चको सम्पूर्ण विवरण अख्तियारले सम्बन्धित निकायबाट मगाइसकेको छ ।

विभिन्न पक्षबाट शिविरमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको हो । तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु र शिविरमा सरकारले दिएको रकम भ्रष्टाचार भएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । त्यस्तै एमालेको भातृसंगठन युवा संघ नेपालले पनि शिविरमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो । ०६३ मंसिर ५ मा भएको शान्ति सम्झौंतापछि सुरुमा ३२ हजार २ सय ५० जना लडाकु शिविरमा थिए । त्यसपछि राष्ट्रसंघीय मिसनले १९ हजार ६ सयलाई मात्र लडाकु योग्य रहेको प्रमाणीत गरेको थियो ।

सम्झौता भएको ६ वर्षमा माओवादीका लडाकुलाई २० अर्ब भन्दा बढी रकम खर्च भएको थियो । तर माओवादीले १९ हजार ६ सयमा पनि करिब ५० प्रतिशत लडाकु कागजी मात्रै रहेको र सरकारबाट रकम असुल्दै उनीहरुलाई लडाकु बनाएको उजुरी परेको छ । तीन हजार लडाकुको नक्कली कागज तयार गरी तलबभत्ता हिनामिना गरेको आपोप छ । करिब ६ हजार लडाकुको तलबका नाममा पाँच वर्षसम्म रकम निकासा गरी दूरुपयोग गरेको आरोप छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...