बन्द अरनिको राजमार्ग खुल्यो, तातोपानी नाका अझै बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बन्द अरनिको राजमार्ग खुल्यो, तातोपानी नाका अझै बन्द

Share This
१५ साउन । यातायता मजदूरहरुको आह्वानमा तीन दिनदेखि बन्द रहेको अरनिको राजमार्ग अन्तर्गत मंगलबार विहानबाट खुलेको छ ।
सिन्धुपाल्चोक सडक खण्ड बन्द खुलेपछि राजधानी पूर्वका चार जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । सिन्धुपाल्चोकमा सोमबार यातायात मजदुर संगठन, राजनीतिक दलका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच भएको वार्तामा पक्राउ परेका कन्टेनर चालकलाई छुटाउने बारे यहि २० गते सिन्धुपाल्चोक र दोलखाका सरकारी अधिकारी सहित मंजदुर संगठनबीच वार्तामा बस्ने सहमति भएपछि राजमार्गमा विहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन् ।

बन्द खुलेपछि काभ्रे हुदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगा तर्फ राजधानीबाट बाहिरीने र राजधानी भित्रिने आफ्ना सबै बसहरु नियमित सञ्चालनमा आएको अरनिको यातायात सेवा समितिले जनाएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाइ समितिको आह्वानमा भएको बन्दका क्रम प्रहरीले बल प्रयोग गरी राजमार्ग खुलाउने क्रममा पक्राउ परेका २३ जना मजदुरहरुलाई निसर्त छाड्ने सहमति भएको समितिका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

हात्तीको दाह्रासहित पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेर चालक सुरजकुमार श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा मजदुरहरु आन्दोलित भएका थिए । राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत मुद्दा चलाइएका श्रेष्ठ अहिले पुर्पक्षमा दोलखा कारागारमा थुनामा रहेका छन् ।

चीनको बेइजीङ टाइम प्रोडक्सन कम्पनीले निर्माण गर्न लागेको अप इन द वाइन्ड नामक चलचित्रको सुटिङ सकेर फर्कने क्रममा गत बैशाख २० गते ना ३ ख ७४५६ नम्बरको कन्टेनरमा हात्तीको दाह्रा बरामद भएको थियो । यसैबीच तातोपानी नाका भने अझै खुलेको छैन् । चालक पक्राउ गरेको विरोधमा मजदुरहरुले बिहीबार देखि नाकाबाट आयात–निर्यात ब्यापार ठप्प पारेका हुन् । नाका खुलाउने विषयमा आज छलफलका लागि नेपाल यातयात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाइ समितिको टोली तातोपानी गएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here