साइवेरियामा हेलिकप्टर दुर्घटना, १९ जनाको मृत्यु

१८ असार । रुसको साइवेरियास्थित दुर्गम याकुटिया क्षेत्रमा रुसी एमआई–८ हेलिकप्टर दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्ष मुनिका ११ जना र तीन जना ३ वर्ष भन्दा कम उमेरमा बालबालिकासहित अन्य व्यक्तिहरु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २८ यात्रु रहेको रुसी अधिकारीहरुले जनाएका छन् । हेलिकप्टर डेपुटास्की गाउँबाट अर्को गाउँ काजाची जाँदै थियो ।

साइवेरियाका दुर्गम क्षेत्रहरुमा यातायातको मूख्य साधनको रुपमा हेलिकप्टरको अधिक प्रयोग हुँदै आएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरुले भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...