सरकारका कारण यातायात क्षेत्रमा सिण्डिकेट हावी भएको यातायात व्यवसायीको आरोप - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सरकारका कारण यातायात क्षेत्रमा सिण्डिकेट हावी भएको यातायात व्यवसायीको आरोप

Share This
१२ साउन । यातायात व्यवसायीहरूले सरकारकै कारण यातायात क्षेत्रमा सिण्डिकेट हाबी हुँदै गएको आरोप लगाएका छन् ।
स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघको प्रथम काठमाडौ जिल्ला भेलामा सहभागीहरूले सर्वोच्च अदालतले सिण्डिकेट हटाउन आदेश दिएपनि सरकारले कार्यान्वयन नगराएको आरोप लगाएका हुन् । उनीहरूले सिण्डिकेट पक्षधरलाई राज्यले नै संरक्षण गर्दै आएकोले पनि समस्या देखिएको बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सिण्डिकेट पक्षधरहरू हाबी हुँदै गएकोले यातायात क्षेत्र व्यवस्थित हुन नसकेको बताउनुभयो । भेलामा यातायात व्यवसायीहरूले ट्राफिक प्रहरीले सडकमा ऐननियम विपरीत पैसा उठाउने गरेको आरोप लगाएका थिए ।

उनीहरूले व्यक्तिगत रिसिईवीका कारण पनि आफूहरू ट्राफिक प्रहरीबाट दु.ख पाउने गरेको गुनासो गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here