बाकेलान्ट्स टुर डी फ्रान्स साइक्लिङको दोस्रो चरणको रेश पहिलो स्थानमा पुरा

१७ असार । बेल्जियमका जान बाकेलान्ट्सले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत दोस्रो चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।

गएराति भएको बाटिस्टादेखि एजाकसिवसम्मको १ सय ५६ किलोमिटरको रेश बेल्जियमका जान बाकेलान्ट्सले ३ घण्टा ४३ मिनेट ११ सेकेन्डमा पूरा गदै पहिलो स्थानमा आउन सफल भएका हुन् । त्यस्तै, स्लोभाकियाका पिटर सागनले दोस्रो तथा पोल्याण्डका मिचेल क्विटकोवस्किले तेस्रो स्थानमा रहँदै रेश पूरा गरेका छन् ।

समग्रमा अहिलेसम्म ८ घण्टा ४० मिनेट शून्य–तीन सेकेन्डमा रेश पूरा गदै बेल्जियमका जान बाकेलान्ट्स शीर्ष स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार एक सय ४५ दशमलव ५ किलोमिटरको एजाकसिव देखि काल्भिसम्मको रेश सन्चालन हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...