न्यातापोल मन्दिरको बर्ष बन्धन पूजा सम्पन्न - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

न्यातापोल मन्दिरको बर्ष बन्धन पूजा सम्पन्न

Share This
२५ असार । भक्तपुरको प्रसिद्ध न्यातापोल मन्दिरको यसवर्षको वर्ष बन्धन पूजा सम्पन्न भएको छ ।
मल्लकालीन राजा भूपतीन्द्र मल्लले नेपाल सम्बतं ८२२ मा निर्माण गरेको पाँचतले मन्दिर ३ सय ११ वर्ष पुगेको अवसरमा स्थानीय र गुठी संस्थानले वर्ष बन्धनको अवसरमा पूजा मंगलबारा गरेका हुन् ।

हरेक वर्षको आषढ शुक्ल पूर्णिमको दिन गरिदै आएको पूजाको सिलसिलामा भक्तपुर नगरपालिका तुछिमलाका स्थानीय अवालहरुले मन्दिरमा नयाँ झन्डोतोलन समेत गरेका छन् । वर्षको एक दिन मात्र पूजा मंगलबारा हुने यो मन्दिरभित्र रहेका सिद्धी लक्ष्मी देवीलाई स्थानीय कर्माचार्य, राजोपाध्याय र जोशीहरुले पूजा अर्चना गर्ने गर्दछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here