दुई कोरियाबीच दोस्रो चरणको वार्ता सुरु

२६ असार । दुई कोरियाबीचको संयुक्त औद्योगिक क्षेत्र केसाङ पुनः सुचारु गर्ने विषयमा उत्तर र दक्षिण कोरियाबीच अर्को चरणको उच्चस्तरीय वार्ता सुरु भएको छ ।

साताव्यापी छलफलपछि दुई कोरियाबीच केसाङ औद्योगिक क्षेत्र सुचारु गर्ने सैद्धान्तिक सहमति भएको अधिकारीहरूले जनाएका छन् । उत्तर कोरियाले एकतर्फी रूपमा औद्योगिक क्षेत्र बन्द गर्न नपाउने प्रतिबद्धता दक्षिण कोरियाले माग गरेको छ ।

उत्तर कोरियाले गत फेब्रुअरीमा गरेको आणविक परीक्षणपछि संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीसँगै उत्तर कोरियाले केसाङ औद्योगिक क्षेत्र बन्द गरेको थियो । दक्षिण कोरियाका एक सय ३० भन्दा बढी कम्पनी रहेको औद्योगिक क्षेत्र बन्द भएपछि ५३ हजार कामदार समस्यामा परेका थिए ।

उत्तर कोरियाले एकतर्फी बन्द गरेपछि दक्ष्ँिण कोरियाले सुचारु गर्न वार्ता प्रयास गर्दै आएको छ । दुई कोरियाको सीमास्थित केसाङ औद्योगिक क्ष्ँेत्र उत्तर कोरियाको प्रमुख आम्दानी श्रोतसमेत हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...