नेकपा–माओवादीका माग नाजायज भएकाले पुरा हुँदैनन्ः बामदेव

२१ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा–माओवादीले अघि सारेका माग नाजायज भन्दै पूरा गर्न नसकिने बताउनुभएको छ ।

दाङको तुलसीपुरमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा–माओवादीले राखेका मागहरू अनुचित रहेको भन्दै चार दलीय संयन्त्रले गरेका निर्णय खारेज गर्न नसकिने बताउनुभएको हो ।

उहाँले दलीय संयन्त्र र सरकारले तयार पारेको व्यवस्थापन अस्वीकार गरी मुलुकलाई शुन्यतातर्फ धकेल्ने उग्रवामपन्थी सोचले निकास नआउने दाबी गर्नुभयो ।

उपाध्यक्ष गौतमले नेकपा–माओवादीले चुनावमा भाग नलिँदैमा फरक नपर्ने भन्दै २५ प्रतिशत मतदाताले मात्र भाग लिए पनि चुनाव सफल हुने बताउनुभयो ।उहाले नेकपा माओवादीलाई नाजायज माग राख्न छोडेर राजनीतिक मुलधारमा आउन आग्रह समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...