इजिप्टमा प्रधानन्याधीशले अन्तरिम राष्ट्रप्रमुखको सपथ लिए

२० असार । इजिप्टको संवैधानिक अदालतका प्रमुख अदले मन्सुरले अन्तरिम राष्ट्रप्रमुखको सपथ लिएका छन् ।

सेना प्रमुख अब्दुल फताह अल–सिसीले राष्ट्रपति महम्मद मुर्सीलाई पदच्यूत गरी सत्ता आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेपछि प्रधानन्याधीशलाई अन्तरिम राष्ट्रपतिमा नियुक्त गरिएको हो । मुलुकको राजनीतिक संक्रमण अन्त्य गर्न दिइएको ४८ घण्टाको समयसीमा सकिएपछि सेनाले मुर्सीलाई पदच्यूत गरेको हो ।

यसअघि, राष्ट्रपति मुर्सीले आफू संवैधानिक राष्ट्रपति भएको भन्दै सेनाले दिएको अल्टिमेटम अस्वीकार गरेका थिए । सेनाले इजिप्टको संसद भंग गर्नुका साथै संविधान पनि अस्थाई रूपमा निलम्बन गरेको छ । यसअघि, इजिप्टका रक्षामन्त्री तथा सेना प्रमुख अल–सिसीले टेलिभिजन संबोधनका क्रममा मुर्सी र विपक्षीहरूले राजनीतिक समाधान नखोजे सेनाले आफ्नै कार्यदिशा तय गरी अघि बढ्ने बताएका थिए । उनले राष्ट्रपति मुर्सीले जनताको भावना विपरीत कार्य गरेको समेत आरोप लगाएका छन् ।

मुर्सीको सत्ताच्यूतसँगै मुस्लिम ब्रदरहुड पार्टीका दुई वरिष्ठ नेतालाई पक्राउ गरिएको छ । सेना प्रमुखको सम्बोधनपछि मुर्सी विरोधी जनताले उत्सव मनाएका छन् । इजिप्टमा सेनाले गरेको हस्तक्षेपप्रति अमेरिकी बराक ओबामाले आपत्ति जनाउँदै त्यहाँ तत्काल जनताको सत्ता स्थापित हुनुपर्नेमा बताएका छन् । यो परिर्वतनसँगै इजिप्टका केही क्षेत्रमा सरकार र विपक्षीबीच भिडन्त सुरु भएको छ । भिडन्तमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...