१४ साउन । म्याग्दीको बेनीसँग जोडिएको पर्वतको बेनी बजार कालीगण्डकी नदीको कटानले जोखिममा परेको छ ।
माझफाँट वडा नम्बर ३ डाडाँबारीमा रहेको तटबन्ध बाढीले बगाएपछि कालीगण्डकीले धार परिवर्तन गरी कटान सुरु गरेको हो । गत साता वर्षासँगै आएको बाढीले ५० मिटर तटबन्ध भत्काएपछि बस्तीतर्फ पाँच मिटर जमिन कटान भइसकेको छ ।
कालीगण्डकीको कटानका कारण डाँडाबारीका २५ भन्दाबढी घरपरिवार जोखिममा परेका छन् । कालीगण्डकी पारीको म्याग्दी सदरमुकाम बेनी बजारको संरक्षणका लागि तटबन्ध गरिएपनि पर्वतको बेनीतर्फ तटबन्ध हुन नसक्दा नदी कटानको जोखिम बढेको छ ।
नगरपालिकाका लागि प्रस्तावित पर्वत बेनी क्षेत्रको संरक्षणका लागि तटबन्ध र नदी नियन्त्रणको योजनालाई प्राथमिकता दिनुपर्ने स्थानीयवासीको माग छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कालीगण्डकीको कटानले बेनी बजार जोखिममा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment