१० साउन । सरकारले स्थानन्तरणमा वेवास्था गरेको भन्दै आन्दोलनमा उत्रिएका नुवाकोट किम्ताङका पहिरो पीडितहरुको आन्दोलन स्थगित भएको छ ।
पहिरो पीडित किम्ताङका ४ सय ३१ परिवारलाई प्रति परिवार दुई रोपनीका दरले विदुर नगरपालिका भित्र जग्गा दिन पहल गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि अनिश्चितकालीन नुवाकोट बन्द स्थगित भएको हो । पहिरो पीडितहरुले राखेको माग पूरा गर्न नुवाकोटका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले प्रतिबद्धता जनाएपछि १५ दिनको लागि आनदोलन स्थगित भएको हो ।
सहमतिसगैं नुवकोटको किम्ताङ गाविसमा २०२८ सालदेखि बग्दै गएको पहिरोबाट पीडत भएका परिवारले विदुर नगरपालिका भित्र नै दुई रोपनीका दरले जग्गा पाउने भएका छन् । १५ दिन भित्र उपलब्ध गराउने भनिएको जग्गा खम्बा क्याम्प लगायतका स्थानमा भने यसअघि स्थानीयवासीले पहिरो पीडितलाई राख्न नदिने भन्दै नुवाकोट बन्द आह्वान गर्दा प्रशासनले नराख्ने सहमति जनाएको थियो । पहिरो पीडितलाई जग्गा उपलब्ध गराउने प्रशासनको तयारीको भने नगरपालिकावासी तथा विभिन्न संघ सस्थाहरुले बिरोध गरेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पहिरो पीडितलाई विदूरमा जग्गा दिने प्रशासनको प्रतिवद्धतापछि नुवाकोट बन्द खुल्यो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment