जसरी भएपनि निर्वाचन हुन्छः कांग्रेस नेताहरु

२०, असार २० । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले मंसीर ४ को निर्वाचन नरोक्ने र सरकार परिवर्तन बाहेकका सबै विषयमा नेकपा–माओवादीसंग छलफल गर्न सकिने बताएका छन् ।

राजधानीमा लोक खबर राष्ट्रिय साप्ताहिकको पांचौ वार्षिकोत्सवमा बोल्दै उनले नेकपा – माओवादीका अध्यक्ष मोहन बैद्यलाई एजेण्डासहित वार्तामा आउन आग्रह गरे ।

कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले राजनीतिक संक्रमण चाडै अन्त्य गर्न निर्वाचनको विकल्प छैन भने । कांग्रेस प्रचार विभाग प्रमुख डा। मिनेन्द्र रिजालले निर्वाचनका लागि कांग्रेसले अग्रसरता लिइरहेको दावी गरे । कांग्रेसका अर्का नेता डा. प्रकाशशरण महतले कांग्रेसले निर्वाचन जिते मात्र संविधान बन्ने दावी गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...