तोकिएकै समयमा चुनाव सम्पन्न हुने गौतमको दाबी

२६ असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानसभाको निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्नुभएको छ ।

कैलालीमा भएको पत्रकार सम्मेलनमा गौतमले मंसिरमा चुनाव नभए मुलुकले अकल्पनीय क्षती ब्यहोर्नुपर्ने बताउनुभयो । उहाले त्यस्तो क्षती रोक्न पनि मंसिरमा चुनाव गर्नुको विकल्प नभएको भन्दै चुनावका लागि सबै राजनीतिक दलहरुलाई मैदानमा उत्रन सुझाव दिनुभयो । एमाले चुनावका लागि मैदानमा उत्रिसकेको भन्दै उपाध्यक्ष गौतमले अन्य दलहरु पनि चुनावी मैदानमा उत्रिन ढिलो नगर्न आग्रह गर्नुभयो । नेकपा–माओवादीले भने झैँ गोलमेच सम्मेलन गरेर चुनाबमा जाने सम्भावना नभएको भन्दै गौतमले केही दल सहभागि नभएपनि चुनाव रोक्न नमिल्ने जिकिर गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...