पारस र गंगादेवी यस वर्षको उत्कृष्ट खेलाडी घोषित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पारस र गंगादेवी यस वर्षको उत्कृष्ट खेलाडी घोषित

Share This
१८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र करातेकी गंगादेवी अधिकारी यस बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौंमा भएको पल्सर स्पोर्टस अवार्डको ११ औं संस्करणमा खड्का र अधिकारी यसवर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यसबर्ष क्रिकेटले सर्वाधिक ४ बिधामा, उसुले २ तथा कराते र फुटबलले समान एक एक बिधामा अवार्ड जितेका छन् । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको पल्सर स्पोट्र्स अवार्डमा उत्कृष्ट पुरुÈ बर्ष खेलाडीको उपाधि जित्ने क्रममा पारसले, क्रिकेटका बसन्त रेग्मी, एथ्लेटिक्सका तिलकराम थारु, फुटबलका भरत खवास र करातेका सुनील लामा लाई पछि पारे ।
यता करातेकी गंगादेवी अधिकारीले दोस्रो पटक उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । उपाधि जित्ने क्रममा गंगालले फुटबलकी अनु लामा र जमुना गुरुङ, उसुकी झरना गुरुङ तथा पौडीकी श्रेया धिताललाई पछि पारिन । यस्तै उसुकी झरना गुरुङ यस बर्षको लोकप्र्रिय खेलाडी बन्न सफल भइन । भरनाले ७१ हजार ८ सय ६ एस एम एस भोट प्राप्त गरेकी थिइन् । यता उत्कृष्ट युवा खेलाडीको उपाधि समेत उसुकै चाहना बम्जन लामाले जितिन । चाहानाले पौडीका शिरीÈ गुरुङ, क्रिकेटका आकाश विष्ट, फुटबलकी निरु थापा र ब्याडमिन्टनका रत्नजित तामाङलाई पछि पारिन ।

यस्तै, नेपाली क्रिकेट टोलीलाई एतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेटका प्रशिक्षक पुबुदु दासानायके उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट पारा एथलिटको अवार्ड भने नेपाली सेनाका बिक्रम बहादुर रानाले हात पारे । त्यसैगरी, नेपाल नेत्रहिन क्रिकेट संघले स्पेशल अवार्ड तथा नेपाली फुटबलका प्रशिक्षक भिम थापा लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मानित भए । उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीले मोटरसाइकल तथा अन्य विधाका विजेताले ५०–५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here