कानुन व्यवसायीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव


२० असार । कानुन व्यवसायीहरूले ६३ सालमा थपिएका ३५ निर्वाचन क्षेत्रलाई जनसंख्याको आधारमा पुननिर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् ।

आयोगले विहीबार निर्वाचन क्षेत्र निर्धारणका कानुनी तथा प्राविधिक पक्षका विषयमा कानुनव्यवसायीसँग गरेको परामर्शमा कानुन व्यवसायीहरूले यस्तो सुझाव दिएका हुन् । ६३ सालअघिका दुई सय पाँच क्षेत्र चलाउने अधिकार अन्तरिम संविधानले नदिएको भन्दै कम विवाद हुनेगरी क्षेत्र निर्धारण गर्न कानुन व्यवसायीले सुझाव दिएका छन् ।

निर्वाचन क्षेत्र निर्धारणका अधार र त्यसका कानुनी तथा प्राविधिक पक्षका बारेमा परामर्श सुरु गरेको आयोगले राजनीतिक दलबाट सुरू गरेर विशेषज्ञ हुँदै विहीबार कानुन व्यवसायीसँग परामर्श गरेको हो ।

अधिकांश परामर्शमा आयोगलाई कमभन्दा कम विवाद हुनेगरी प्रतिवेदन ल्याउन सुझाव दिइएको छ । आयोगले भोलि विहान महिला अधिकारकर्मी, आइतबार नागरिक समाज तथा प्रशासन विद् र सोमबार नेपाल सरकारका सचिवहरूसँग परामर्श लिँदै छ । सबैसँगको परामर्शपछि आयोग प्रतिवेदन तयारीमा लाग्ने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...