भक्तपुरमा पनि बर्डफ्लुको संक्रमण देखियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भक्तपुरमा पनि बर्डफ्लुको संक्रमण देखियो

Share This
१२ साउन । भक्तपुरको सिपाडोल– ९ स्थित हिमाल पोल्ट्री बिर्डिङ फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि शनिबार बिहानदेखि कुखुरा मार्न सुरु गरिएको छ ।
प्रभात पसखलको फार्ममा पालिएका नौ हजार ५०० कुखुरामा बर्डफ्लु लागेपछि पाँच हजार ५०० मरेर बाँकी भएका चार हजार ५०० नष्ट गर्न थालिएको पशुसेवा कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

कुखुरा नष्ट गर्न पशुसेवा निर्देशनालय त्रिपुरेश्वर र भक्तपुर पशुसेवा कार्यालय भक्तपुरका प्राविधिक टोली खटिएका छन् । मरेका र मारिएका कुखुरा गाड्न स्काइभेटरसमेत लगिएको छ ।

गत सातादेखि पसखलका फर्ममा दैनिक ४०० देखि ५०० सम्म कुखुरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले अनुगमन गरी यही साउन ८ गते कुखुरा परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो । परीक्षणका क्रममा शुक्रबार उक्त फर्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाका डा विजयकान्त झाले जानकारी दिनुभयो । बर्डफ्लु फेला परेको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसलाई पुष्टि गर्न पुनः परीक्षण गर्दा बर्डफ्लुको सङ्क्रमण फेला परेको यकिन भएको उनले बताए ।

प्रयोगशालाले बर्डफ्लु भएको पुष्टि गरेपछि प्राविधिक, श्रमिक र औषधिको अभावले गर्दा शुक्रबार कुखुरा नष्ट नगरी आज बिहान मात्र कुखुरा मार्ने निर्णय गरेको थियो । बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि भएपछि जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठक बसेर शनिबार मात्र कुखुरा मार्ने निर्णय गरिएको कार्यालयका प्राविधिक डा रामपरीक्षण साहले जानकारी दिनुभयो ।

फर्मका कुखुरा मारिने भएपछि सो क्षेत्रलाई घेराबन्दी गरी पँक्षीहरुको ओसारपसारमा रोक लगाइएको छ । यसअघि पनि भक्तपुरका मनोहरा र बोडेमा पालिएका कुखुरामा बर्डफ्लु फेला परेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here