भानु जन्मस्थलमा भानु जयन्ती भव्यरुपमा मनाइयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भानु जन्मस्थलमा भानु जयन्ती भव्यरुपमा मनाइयो

Share This
२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँमा शनिबार विविध कार्यक्रम गरी आचार्यको २०० औं जन्मजयन्ती मनाइएको छ ।
तनहुँ स्थित घाँसीकुवामा रहेको भानुघाँसी स्मारक पार्कमा भानुको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, साहित्यकार, नागरिक समाज र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भएकाहरुले कबिता, गजल र भानु र घाँसीको जम्काभेट भएको ऐतिहासिक स्थलको उचित प्रचार प्रसार गर्नुपर्ने कुरामा जोड दिएका थिए । पार्कलाई संरक्षण गरी व्यवस्थित बनाउन सकेमा साहित्यिक पर्यटनका लागि भानुघाँसी स्मारक पार्क उचित गन्तव्य स्थल बनाउन सबैले पहल गर्नु पर्ने बताएका छन् । यसका लागि सरकारले आर्थिक सहयोग गर्नुका साथै स्थानीय जनताको पनि सहयोग हुनु पर्नेमा सबैले एकमत जाहेर गरेका थिए ।

यस्तै भानु भक्तको जन्म थलो चुँदी रम्घामा शनिबार बिहान प्रभातफेरी र कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
यसैबीच २०० औं भानुजयन्ती देशभर विभिन्न साहित्यिक तथा साँस्कृतिक कार्यक्रम गरि मनाइएको छ । विक्रम सम्बत १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनु भएका नेपाली भाषाका आदिकवि भानुभक्तको सम्झनामा प्रत्येक वर्ष भानु जयन्ती मनाइने गरिन्छ ।

भानुभक्तले संस्कृत भाषामा प्रकाशित रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेर नेपाललाई भाषिक रुपमा एकीकरण गर्नुभएको थियो । भानुभक्तको रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, बधुशिक्षा, रामगिता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरु रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here