युएईमा नेपाली कामदारलाई मृत्युदण्डको सजाय - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

युएईमा नेपाली कामदारलाई मृत्युदण्डको सजाय

Share This
८ साउन । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबी अदालतले एक नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
संखुवासभा मडेपोखरी वडा नम्बर–३ का अनिश खालिङ राईलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
पाकिस्तानी नागरिकको हत्याको आरोपमा राईलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो । नेपालीहरुकामदारको आक्रमणबाट एक जना पाकिस्तानी मृत्यु भएपछि राईलाई २०६९ कार्तिक ९ गते हिरासतमा लिई अल ऐन जेलमा राखिएको थियो ।

यसअघि पनि युएईमा दुई नेपालीलाई यस्तो सजाय सुनाइएको थियो । यसबारे दुतावासमा आधिकारिक जानकारी नआएको युएईका लागि नेपाली राजदुतावास अबुधाबीका नियोग उपप्रमुख दीपक अधिकारीले बताउनुभयो ।
नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण ढकालले यो निर्णयमाथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको बताउनुभयो । राईकी श्रीमती बिनाले पतिको जीवन रक्षाका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here