प्रचण्ड र बैद्यबीच भेटवार्ता, वार्ताका लागि सर्त नराख्न बैद्यको प्रस्ताव

४ साउन । आन्दोलनरत नेकपा–माओवादी लगायतका दलहरुलाई सहमतीमा आउनका सरकार र प्रमुख दलहरुले आग्रह गरेको भोली पल्टै अर्थात शुक्रबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य बिच भेटवार्ता भएको छ ।

छलफलमा उच्चस्तरीय राजनीतिक समितीका संयोजक समेत रहनु भएका प्रचण्डले निर्वाचनका लागि सहमतीको बिकल्प नरहेकोमा जोड दिदै वार्ताको टेवलमा बस्न बैद्यसंग आग्रह गर्नु भएको स्रोतले बताएको छ ।

आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न सरकार र प्रमुख दलहरु तयार रहेकाले चाडो औपचारीक वार्तामा आउँन प्रचण्डले प्रस्ताव गर्नु भएको बताइएको छ ।

नेकपा–माओवादीका अध्यक्ष बैद्यले वार्तका लागि कुनै पनि सर्त नराख्न प्रचन्डसंग आग्रह गर्नु भएको छ । सर्त सहित वार्तामा बस्न नसकिने भन्दै बैद्यले बिना सर्त टेवलमा बस्न सकिने बताउनु भएको थियो ।

११ बुदे सहमती र २५ बुदेँ बाधा अड्काउँ फुकाउँ लगायतका पुराना सहमती पनि खारोज गर्नु पर्नेमा उहाँको अडान यथावत रहेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...