मुर्सी समर्थकहरुको धर्नामा सेनाको हस्तक्षेप, १६ जना मारिए

२४ असार । इजिप्टका अपदस्त राष्ट्रपति महम्मद मुर्सीका समर्थकहरुको धर्नामा सेनाले हस्तक्षेप गर्दा १६ जनाको मृत्यु भएको छ ।

इजिप्टको राजधानी कायरो नजिकैको नसार शहरमा महम्मद मुर्सीलाई नजरबन्द गरिएको घर बाहिर धर्नामा बसेका प्रदर्शनकारीको भिडमा सेनाले हस्तक्षेप गरेको जनाइएको छ । मुर्सीको दल मुस्लीम ब्रदरहुडले भने आफ्ना ३४ जना कार्यकर्ताको सेनाले हत्या गरेको आरोप लगाएको छ ।

प्रदर्शनकारीले मुर्सीलाई नजरबन्दमा राखिएको घरको पर्खाल भित्र छिर्ने प्रयास गरेपछि सेनाले गोली चलाएको इजिप्टेली समाचार संस्थाहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति मुर्सीलाई सेनाले बर्खास्त गरी सत्ता नियन्त्रणमा लिए पछि समर्थन र विरोधमा इजिप्ट हिंसाग्रस्त छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...