चीनको सिचुआन प्रान्तमा पहिरोमा ४० जना पुरिए

२६ असार । चीनको सिचुआन प्रान्तमा पहिरोमा ४० जना पुरिएका छन् । सिचुआन प्रान्तको जोङघसिङ शहरमा पहिरो गएको सरकारी समाचार संस्थाले जनाएको हो ।

पहिरोलगत्तै सरकारले सय जनाको सरकारी उद्धार टोली खटाएको छ । केही दिन यताको अविरल बर्षाका कारण चीनका विभिन्न प्रान्तमा बाढीपहिरोको घटना बढेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...