बोधगयामा श्रृंखलाबद्ध विष्फोट भएपछि लुम्बिनीमा पनि सुरक्षा सतर्कता

२६ असार । भारतको विहारस्थित बोधगयामा भएको श्रृखलाबद्ध विष्फोटपछि बुद्ध जन्मस्थल लुम्बिनीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको स्थान बोधगयामा भएको विस्फोटको घटनापछि लुम्बिनीमा सुरक्षा सतर्कता बढाइएको हो । त्यस्तै, बुद्धसँग सम्बन्धित कपिलवस्तु, रामग्राम लगायतका स्थानलाई पनि उच्च सुरक्षा निगरानीमा राखिएको छ ।

बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका केन्द्र लुम्बिनीलगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको वरिष्ठ प्रहरी उपरीक्षक मिङमार लामाले जानकारी दिनुभयो । त्यस्तै, लुम्बिनी आउने पर्यटकहरूलाई निगरानीमा राखिएको र चेकजाँच गरेर मात्र प्रवेशको व्यवस्था मिलाइएको लुम्बिनी विकास कोषले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...