३१ असार । श्रीलंका र माल्दिभ्स काठमाडौमा जारी दक्षिण एशियाली आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आइतबार भएको समुह चरणको खेलमा माल्दिभ्सले नेपाललाई तीन—शुन्यको सोझो सेटमा पराजित गर्न सफल भएको हो । माल्दिभ्सले नेपाललाई खेलको पहिलो सेटमा २५—१७, दोस्रो सेटमा २५—१९ र तेस्रो सेटमा २५—२२ ले पराजित गरेको थियो ।
नेपालले समुह चरणमा खेलको तिन खेल मध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । यस अघि सम्पन्न भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई २५—२०, २५—२२ र २५—१३ को सोझो सेटमा पराजित गदै समुह विजेता बनेको हो ।
श्रीलंकाले लगातार तेस्रो खेलमा जित हात पादै ९ अंक बनाएको छ । त्यस्तै, ६ अंक बनाएको माल्दिभ्स दोस्रो हुदै फाइनलमा प्रवेश गरेको हो । फाइनल सोमबार हुँदैछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment