तोकिएकै समयमा चुनाव सम्पन्न हुने वातावरण बन्दैछः देउवा

२६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव सम्पन्न गर्ने वातावरण बन्दै गएको दाबी गर्नुभएको छ ।

३१ औं बीपी स्मृति दिवशको अवसरमा काठमाडौंको शोभाभगवतीमा बुधबार भएको बृक्षारोपण कार्यक्रममा नेता देउवाले जनताको चाहना र छिमेकी राष्ट्रहरूको सद्भावले चुनावको वातावरण बन्दै गएको दाबी गर्नुभएको हो । उहाँले कुटनीतिक मर्यादाक्रम मिचेर भारतीय विदेशमन्त्रीलाई भेट्न गएको भनि अनावश्यक हल्ला गर्नु उचित नभएको भन्दै कुटनीतिक मर्यादाक्रमको आचारसंहिता बनाउनेबित्तिकै समस्या समाधान हुने बताउनुभयो ।

नेता देउवाले सरकार, उच्चस्तरीय राजनीतिक समिति, निर्वाचन आयोग र सुरक्षाकर्मी चुनावका लागि तीब्र गृहकार्यमा लागेकाले तोकिएकै समयमा चुनाव हुने दाबी गर्नुभयो । उहाँले एकमाथि अर्को माग राखेर चुनावको वातावरण बिथोलेर कसैलाई फाइदा नहुने भन्दै चुनाव सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...