पानीको बहाव बढेपछि कर्णाली पुल जोखिममा (फाटो फिचर)

कृष्ण ओली ।
२२ असार । कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुला जिल्लाको वाई, जुकोट र साप्पाटा गाविस जोड्ने पुल भत्किने संभावना बढेको छ ।

अविरल बर्षाका कारण पानीको बहाव बढेर नदीले छेउछाउको जमिन कटान गर्न थालेपछि पुल भत्किने संभावना बढेको हो । कर्णाली पुल भन्दामाथी पानी बग्न थालेपछि कर्णाली पारीका बाजुरा जिल्लाका तीन गाविस वाइ, जुकोट, साप्पाटा ताथ छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोट जिल्लाका स्थानीय बासीन्दाको आवागमनमा समस्या परेको छ । नदीले तटबन्दका लागि निर्माण गरिएका जाली समेत भत्काएको छ । नदीले अत्याधिक जमीन कटान गर्न थालेपछि पुलको आसमासमा होटल व्यवसाय गरेका स्थानीयबासीले पनि दुई साता अघि नै बस्ती सारेका छन् । बहाब बढेर नदी पुलमाथि बग्न थालेपछि स्थानीय बासीन्दाहरुलाई दैनिक उपभोग्य समान लिन जिल्ला सदरमुकाम मार्तडी कोल्टी लगाएका गाविसमा आवत जावत गर्नसमेत समस्या परेको छ । २०४१ सालमा निर्माण गरिएको कर्णाली पुल जोखिममा रहेको र वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयको दैनिक जीवन नै प्रभावित बनेको छ । जिल्ला विकास समितिले यस पटक पुलका रंङरोगन गर्ने र जाली पुन: जडान गर्ने कार्यक्रम दिएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...