१४ साउन । सिन्धुलीको कमलामाई नगरपालिका–१८ दोभान गाउंमा केही दिन यता बादरले आतंक मच्चाउदा स्थानीय बासिन्दाहरुलाई त्रसित र भयभित भएका छन् ।
गत ५ दिन यता बादरको आक्रमणका कारण ५ जना सख्त घाईते भएका छन् । बादरको आक्रमणबाट रेविजको ईन्जेक्सन लगाउन जिल्ला अस्पताल सिन्धुलीमाडीमा आएका पीडतहरुले सरकारले सो स्थानबाट तत्कालै बादर धपाउने व्यवस्था मिलाउन माग गरेका छन् ।
जलवायु परिवर्तनका कारण तराईको महोतरी जिल्लाको खयरमारा र सर्लाही जिल्लाको सागरनाथ वन क्षेत्रबाट हुलका हुल बांधेर चुरे पहाड र कमलानदी पार गरी सो स्थानमा आई पुगेका बादरहरुले स्थानीय बासिन्दाहरुका घर–घरमा पसेर खाद्यान्न खाने गरेपछि स्थानीयहरु आतकित भएका हुन् ।
भोकाएका बादरहरुले घर–घरमा पसेर बाल बालिका तथा बृद्व–बृद्वाहरुलाई पिटने–चिथोर्ने गरेका छन् । हुल बांधेर आएका राता हजारीया फौजका बादरहरुका कारण घरमा पालिएका कुकुरहरु समेत डराएर भागेको बताईएको छ । तराई क्षेत्रमा गर्मी बढेको र जंगलमा बस्ने बादरहरुलाई खानेकुरा समेत नभएका कारण बादरहरु पहाडी क्षेत्रमा बसाइ सरेको हुन सक्ने अनुमान गरिएको छ ।
कमलामाई नगरापालिकाको सो दोभान गाउं कमला र चदाहा नदीको संगम स्थल समेत भएको र हरियाली भएका कारण बादरहरुले सोही स्थानलाई तत्कालको बसोबास स्थल बनाएर स्थानीयको घर घरमा आतंक मच्चाएको अनुमान गरिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सिन्धुलीमा बादरको आक्रमणबाट ५ घाइते
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment