इजिप्टमा झडपकाक्रममा मृत्यु हुनेको संख्या २४ पुग्यो

२२ असार । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरूको प्रदर्शनका क्रममा विपक्षी र सुरक्षाकर्मीसँग झडप हुँदा २४ जनाको मृत्युभएको छ ।

अलेक्जेन्ड्रियामा मुर्सीका विपक्षीसँग भएको झडपमा १२ जनाको मृत्युभएको छ । त्यस्तै, राजधानी कायरोमा सेनाले गोली चलाउँदा पाँच जनाको मृत्युभएको छ । सिनाई प्रान्तमा भने पाँच प्रहरीको मृत्युभएको छ ।

अन्य दुई सयभन्दा बढी मानिस घाइते भएका छन् । मुस्लिम ब्रदरहुड पार्टीका नेता मुर्सीका हजारौं समर्थकले राजधानी कायरो तथा अलेक्जेन्ड्रियालगायतका शहरमा प्रदर्शन गरेका हुन् । सुधारका कार्य नसकेको भन्दै गत शुक्रबार सेनाले मुर्सीलाई पदच्यूत गरेपछि समर्थन र विरोधमा हिंसात्मक झडप हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...