राजनीतिक निकासका लागि सर्वदलीय बैठकको पनि औचित्य छैनः पौडेल

२० असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादीले भनेको जस्तो सर्वदलीय बैठकबाट निकास ननिस्कने बताउनुभएको छ ।

काठमाडौमा विहीबार भएको कार्यक्रममा उपसभापति पौडेलले नेकपा–माओवादीले आफूहरु चुनावको विरोधी नभई प्रक्रियाको विरोधी भएकोले सर्वदलीय बैठक आवश्यक रहेको बताएका बेला पौडेलले यस्तो बैठकबाट निकास ननिस्कने बताउनु भएको हो ।

उपसभापति पौडेलले चुनाव वहिष्कारको रणनीति अपनाएका दलहरुले भने जसरी वार्ता गर्न नसकिने समेत बताउनुभएको छ । नेकपा–माओवादीसहितका ३३ दलले वर्तमान सरकारको राजीनामापछि र मंसिर ४ का लागि घोषणा भएको संविधानसभा चुनावको मितिको खारेजी नभएसम्म वार्ता सफल हुन नसक्ने निर्णय गरेको बेला पौडेलले वर्तमान सरकार चुनाव गराउनका लागि मात्र गठन भएकोले राजीनामा विषयमा वार्तां हुन नसक्ने बताउनुभयो ।
पौडेलले वर्तमान सरकारको राजीनामा र मंसिर ४ गतेको चुनाव स्थगित गर्न नहुने वाहेकका सबै विषयमा आफूहरु वार्ताका लागि तयार भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...