जवजको सिद्धान्तलाई समयानुकुल विस्तार गर्नुपर्छः एमाले नेता

२१ असार । नेकपा एमालेका केही युवा नेताहरुले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदीलय जनवाद जबजलाई समयानुकुल विस्तार गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उनीहरुले वर्तमान समयमा पनि जबज उत्तिकै सान्र्दभिक रहेको भन्दै सबैपक्षलाई समेट्नेगरी पार्टीको सिद्धान्तलाई विस्तार गर्नुपर्ने बताएका हुन् । नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अरुण नेपाल, योगेश भट्टराई, परशुमेघी गुरुङ, विजय पौडेल, गोविन्द ज्ञवाली र नारायण ढकालले सबै कम्युनिष्टलाई समेट्नेगरी जबजलाई रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले नेपाली समाजको चरित्र पुँजीवादी भइसकेको भन्दै राष्ट्रिय प्रतिनिधि परिÈद बैठकमा पार्टीको मार्गनिर्देशक सिद्धान्त जबजको थप व्याख्यासहित राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । दुई दशकअघि मदन भण्डारीले व्याख्या गरेको नेपाली समाजको चरित्रमा ठूलो अन्तर आइसकेको भन्दै उनीहµले समाजवादी क्रान्तिसम्बन्धी नयाँ राजनीतिक प्रतिवेदन तयार पारेको बताएका हुन् । उनीहरुले एकै देशमा विभिन्न गुटमा ठुला कम्युनिट पार्टीको स्थायीत्व लामो समयसम्म हुन नसक्ने भन्दै जबजलाई नै विस्तार गरि एमाओवादीलाई समेत कम्युनिष्ट आन्दोलनमा समाहित गरी अघि बढ्नुपर्ने बताएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...