वन सहजकर्ताको सम्मेलन सम्पन्न - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

वन सहजकर्ताको सम्मेलन सम्पन्न

Share This
१४ साउन । आर्थिक समृद्धिका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्ने काठमाण्डौ घोषणा पत्र जारी गर्दै समुदायमा आधारित वन सहजकर्ता सञ्जालको अन्तराष्ट्रिय
सम्मेलन तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
सम्मेलनले सामाजिक परिचालन र समुदायिक सम्पक्तिमा स्थानीयको अधिकार सुनिश्चित गर्न एक गाउँ एक सहजकर्ता हुनुपर्ने अवधारणा पनि पारित गरेको छ । शुक्रबारबाट राजधानीमा सुरु भएको सम्मेलनले अध्यक्ष भोला खतिवडाको नेतृत्वमा २० सदस्यीय राष्ट्रिय कार्य समिति चयन गरेको छ । सम्मेलनमा भारत, कम्बोडिया, थाइल्याण्ड लगायतका मुलुकका प्रतिनिधिले वनक्षेत्रको दिगो व्यवस्थापन र आय आर्जनका लागि वन क्षेत्रको व्यवस्थापन र अधिकतम उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले नेपालको सामुदायीक वन व्यवस्थापनको उच्च प्रशंसा गर्दै नेपालको सामुदायिक वन व्यवस्थापनबाट पाठ सिक्नुपर्ने बताएका थिए । सम्मेलनमा वन व्यवस्थापन सम्बन्धि विभिन्न १९ वटा कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनमा वननीति वनक्षेत्रको दिगो व्यवस्थापन र आयआर्जनका लागि वनक्षेत्रको अधिकतमा उपयोग गर्नुपर्नेबारे छलफल भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here