यु–१६ अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल र अफगानिस्तान बराबरी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यु–१६ अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल र अफगानिस्तान बराबरी

Share This
७ साउन । अन्डर सिक्सटिन् साफ च्याम्पियनसिपको समुह चरणको दास्रो खेलमा नेपाल र अफ्गानिस्तान बराबरीमा रोकिएका छन् ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले अफ्गानिस्तानसंग एक–एक गोलको बराबरी खेल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको हो । दुई खेलबाट ४ अंक जोड्दै नेपाल समुहको शिर्ष स्थानमा छ । अब सेमिफाइनल पुग्न नेपालले बुधबार पाकिस्तानसंगको खेलमा बराबरीको नतिजा प¥याप्त हुनेछ ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा नेपाली टोलीले गोल गर्ने थुप्रै मौका पाएपनि सफल गोल भने गर्न सकेन् । खेलको १७ मिनेटमा बिमल घर्तीमगरले गोलकिपर बिट भइसकेको बलमा गोलको बाटो दिन सकेनन । त्यस्तै, २९ औ मिनेटमा बिमललेनै डिबक्स भित्रबाट प्रहार गरेको बललाई अफ्गानिस्तानका गोलकिपर मोड होसेन रसुलीले आकर्षक बचाउ गरेका थिए । ३१ औ मिनेटमा अफ्गानी र्फवाड् नसर अहमीदको प्रहारलाई आकाश थापाले नेपाली गोललाईनबाट बचाउ गरे ।

खेलको ७५ औ मिनेटमा नेपाली डिफेन्सको गल्तिको फाइदा उठाउदै अलिअहमद मनसोरेले गोल गर्दै अफ्गानिस्तानलाई खेलमा अग्रता दिलाएका थिए । अफ्गानिस्तानले गोल गरेको ७ मिनेटपछि नेपाली कप्तान हेमन्त थापा मगरले ३० याड परबाट लोभलाग्दो फ्रि–किकमा गोल गर्दै नेपाली टोलीलाई खेलमा र्फकाए । खेल सकिन चार मिनेट बॉकी रहदा शिब सुबेदीको पासमा बिमल घर्तीमगर अभागी बन्दा नेपालले खेल जित्ने मौका गुमाए ।

बिमलको प्रहारा बारमा लागेर बाहिरिएको थियो । त्यसपछि खेलमा थप गोल भएन र खेल बराबरीमा सकियो । त्यस्तै, सोमबार नै लगनखेल स्थीत नेपाली सेनाको मौदानमा भएको भुटान र पाकिस्तान बिचको खेल समेत गोलरहित बराबरीमा सकिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here