पाल्पामा निशुल्क स्वास्थ्य शिविरबाट स्थानीयबासी लाभान्वित

१७ असार । पश्चिम पाल्पाको ठिमुरे गाविसमा सञ्चालित निशुल्क स्वस्थ्य शिविरमा चार सय ३० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

ग्रामिण भेगका बासिन्दाहरू असारे झरीमा पनि निशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न लर्को लागेका थिए । विशेषज्ञसहितको निःशुल्क शिविरमा सदरमुकाम र अस्पतालसम्म पुग्न असमर्थ व्यक्तिहरु लाभान्वित भएका छन् । स्थानीय स्वास्थ्य चौकीबाट राम्रो सुविधा नपाएका बासिन्दाहरु शिविरमा चार घण्टा हिडेर उपचार गर्न आएका थिए ।

शिविरमा ठिमुरे, पालुङमैनादी, कचल, फेक, कुसुमखोला र मस्याम ६ गाविसका २० वडाका महिला, वालवालिका र बृद्धहरुलाई बढी फाइदा पुगेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...