एमाओवादी अलोकतान्त्रिक पार्टी भएको खनालको आरोप

१९ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी अलोकतान्त्रिक पार्टी भएको आरोप लगाउनुभएको छ ।

काठमाडौमा बुधबार भएको कार्यक्रममा अध्यक्ष खनालले एमाओवादीले विगतमा जनताले दिएको जिम्मेवारी पूरा नगरेका कारण संविधानसभा विघटन भएको भन्दै माओवादी अलोकतान्त्रिक पार्टी भएको आरोप लगाउनुभयो ।

खनालले अझै पनि जनताले एकीकृत नेकपा माओवादीलाई विश्वास गरे फेरि पनि संविधान बन्ने कुरामा आशंका रहने भन्दै संविधान निमार्णका लागि चुनाव लोकतान्त्रिक शक्तिले जित्नुपर्ने बताउनुभयो ।

अध्यक्ष खनालले पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नेहरुले चुनावको विरोध गरिरहेको आरोप लगाउँदै अनावश्यक माग राख्नेलाई जनताले नै तिरस्कार गर्ने बताउनुभयो । उहाँले सबै दललाई चुनावी माहोल सृजना गर्न आग्रह समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...