मुर्सीको दल मुस्लिम ब्रदरहुडलाई नयाँ मन्त्रीपरिषदमा सहभागी हुन आग्रह

२६ असार । इजिप्टका अन्तरिम राष्ट्रपति आदली मन्सुरले अपदस्त राष्ट्रपति महम्मद मुर्सीको दल मुस्लिम ब्रदरहुडलाई नयाँ मन्त्रिपरिषद्मा सहभागी हुन आग्रह गरेका छन् ।

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीमा हाजिम इल–बेब्लावीलाई नियुक्त गरेपछि आन्तरिम राष्ट्रपति मन्सुरले मुस्लिम ब्रदरहुड र नुर पार्टीलाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् । यसैबीच, संक्रमणकाल व्यवस्थापन गरी राष्ट्रपतीय चुनाव गराउने भन्दै मन्सुरले सार्वजनिक गरेको योजना मुस्लिम ब्रदरहुडले बहिष्कार गरेको छ ।

गत साता सेनाले मुर्सीलाई बर्खास्त गरी प्रधानन्यायाधीश मन्सुरलाई अन्तरिम राष्ट्रपतिमा नियुक्त गरेपछि समर्थन र विरोधमा हिंसात्मक झडप हुँदै आएको छ । प्रदर्शनका क्रममा सेनाको गोली लागी मुस्लिम ब्रदरहुडका ५३ कार्यकर्ताको मृत्यु भएपछि स्थिति झन् तनावग्रस्त भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...