क्रिस्टोफे १८ औं चरणको रेशमा पहिलो भए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्रिस्टोफे १८ औं चरणको रेशमा पहिलो भए

Share This
४ साउन । फ्रान्सका क्रिस्टोफे रिब्लोनले टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताको १८ औ चरणको रेश पहिलो स्थानमा रहँदै पूरा गरेका छन् ।

गएराति भएको ग्यापदेखि आल्प डी हियुजसम्मको १ सय ७५ दशमलव ५ किलोमिटरको रेश चार घण्टा ५१ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै रिब्लोन पहिलो स्थानमा रहन सफल भए । त्यस्तै, रिब्लोनभन्दा मात्र ५९ सेकेन्ड पछाडि रेश पूरा गरेका अमेरिकी तेजे भान गार्डाेनन् दोस्रो स्थानमा रहे । यस्तै, इटलीका मोरेनो मोसेर तेस्रो तथा कोलम्बियका नायरो कोयन्टेनले चौथौ स्थानमा रहँदै रेश पूरा गरे ।

समग्रमा हालसम्म ७१ घण्टा २ मिनेट १९ सेकेन्डमा रेश पूरा गर्दै ब्रिटेनका क्रिश फोमी यल्लो जर्सिका साथ शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, फोमीभन्दा मात्र ५ मिनेट ११ सेकेन्ड पछाडि रेश पूरा गरेका स्पेनका अल्वर्टा कोन्टाडोर दोस्रो तथा कोलम्बियका नायरो कोयन्टेन तेस्रो स्थानमा छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here