पुल भास्सिए पछि बैकल्पिक बाटोबाट यातायात गुड्न बाध्य

२७ असार । पूर्व पश्चिम राजमार्गअन्र्तगत निजगढ पथलैया सडकखण्डको दुधौरा पुल भासिएपछि दैनिक हजारौ सवारीसाधन बैकल्पिक बाटो हुदै गुड्न बाध्य भएका छन् ।

भासिएको पुललाई खतराको संज्ञा दिदै स्थानीय प्रशासनले सवारी साधन र पैदल यात्रुलाई हिड्न पुर्णतया रोक लगाएको छ । केही दिनयताको अविरल वर्षाले निजगढ–पथलैया सडकखण्ड अन्तर्गतको
दुधौरा पुलको पूर्वतर्फको पिल्लर धसिएको हो । पिल्लर धसिएपछि सवारी साधनलाइ बुधबार र पैदलयात्रुलाई बिहिबारबाट रोक लगाएको छ । पुल आसपासमा बाढीले कटान जारी राखेपछि ड्यामसमेत भत्किन थालेको छ । बारामा सञ्चालित क्रसरहरूले पुलआसपासबाट ढुंगा र बालुवा जथाभावि निकालेपछि पुल धसिएको स्थानीयको भनाइ छ । दैनिक ठूलो संख्यामा सवारी साधन आवत जावत गर्ने यो पुल एक्कासी उच्च संकटको सूचीमा परेको हो ।

गतवर्ष देशभरका ४० भन्दा बढी पुलको सर्भेक्षण गर्दा दुधौरा पुल उच्च जोखिमको सूचीमा नपरे पनि पुलको आसपासबाट तीब्र गतिमा बालुवा र ढुङगा उत्खन्नकार्य नरोकिएपछि पुल संकटमा परेको हो । सडक ऐन अनुसार पुल, कज–वे लगायतका सार्वजनिक भौतिक संरचनाको दाया—बायाको पाँचसय मिटर प्राकृतिक स्रोत साधन सम्पदा उत्खन्न गर्न नपाईने उल्लेख छ । मंगलवार रातीसम्म ४ फिट धसिएको पुल विहीवार बिहान थप २ फिट धसिएको छ । हलुका सवारी साधन बीरगञ्ज हुदै आवतजावत गरेपनि भारी सवारी साधन बाटोेमै अलपत्र परेका छन् ।

त्यसैगरि एकसाता यता अविरल परेको पानीले खोलामा पानीको सतह बढ्दै जादा तीब्र कटान गरिरहको छ । कटानबाट बाराको उत्तरी गाविस निजगढ, अमलेखगञ्ज र रतनपुरी उच्च जोखिममा परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...