पाल्पाको भगवती मन्दिर जीर्ण

२० असार । अंग्रेजसँगको युद्धमा नेपालीले जितेको खुशियालीमा निर्माण गरेको पाल्पाको ऐतिहासिक भगवती मन्दिर मर्मत सम्भारको अभावमा जीर्ण बन्न थालेको छ ।

विक्रम सम्वत् १८७६ मा उजिरसिंह थापाले बनाएको मन्दिरको मर्मत हुन नसक्दा छानो चुहिनुका साथै पर्खालसमेत चर्किएका छन् । त्यस्तै मन्दिरका काठहरू कुहिएका छन् भने भुई भत्किएको छ ।

मन्दिरमा ५–६ वर्षदेखि पानी चुहिने गरेको र केही वर्षमै मन्दिर भग्नावशेष बन्ने खतरा बढेको व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताउनुभयो ।स्थानीयवासीले समितिले मन्दिरमा उठेको भेटी समेत व्यवस्थित गर्न नसकेको गुनासो गरेका छन् । यस मन्दिरमा कृष्णअष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गर्ने गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...