उपभोक्ता अदालत गठन गर्न माग

२६ असार । उपभोक्ता अधिकारवादीहरूले ‘उपभोक्ता अदालत’ गठन गर्न माग गरेका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार काठमाडौमा गरेको कार्यक्रममा उपभोक्ता अधिकारवादीहरूले बढ्दै गएको उपभोक्ता अधिकार हनन् रोक्न अदालत आवश्यक रहेको धारणा राखेका हुन् । उनीहरूले निरीह सरकार, व्यावसायिक संगठनको मनपरी र मजदुर संगठनको दादागिरी उपभोक्ता अधिकार संरक्षण उल्लङ्घनका मुख्य जिम्मेवार भएको धारणा राखेका छन् । उनीहरूले उपभोक्ता हितसम्बन्धी ऐनकानुनमा सुधार, उपभोक्ता संगठनको सबलीकरण र सरकारी अनुगमन प्रभावकारी बनाउनु पनि आवश्यक रहेको बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...