भानुभक्तीय रामायण अव उर्दूमा पनि उल्था गरिने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भानुभक्तीय रामायण अव उर्दूमा पनि उल्था गरिने

Share This
२९ असार । महर्षि बाल्मीकिद्वारा रचना गरिएको संस्कृत रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा उल्था गरेको थिए । अब नेपालीमा उल्था भएको रामायण अब उर्दु भाषामा प्रकाशित हुने भएको छ ।
आदिकवि भानुभक्त आचार्यको दुई सयौं वार्षिकोत्सव मनाउन गठित मूल समारोह समितिले रामायणलाई उर्दु भाषामा छाप्ने निर्णय गरेको हो ।

उर्दु भाषामा रामायण छाप्न समितिका सहसंयोजक हनिफ मियाँलाई जिम्मेवारी दिइएको समितिका संयोजक प्राज्ञ सरुभक्तले जानकारी दिनुभयो ।

यस अतिरिक्त वर्षभर विभिन्न साहित्यिक गतिविधि गर्ने, बाटो तथा चोकहरुलाई भानु नामले नामकरण गर्ने योजना राखिएको समितिले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here