रेग्मी र गच्छदारबीच भेटवार्ता

२४ असार । नेकपा–माओवादीलगायत आन्दोलनरत दलहरूको मागअनुसार गोलमेच सम्मेलन गर्न सरकार सकारात्मक देखिएको छ ।

बालुवाटारमा सोमबार विहान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदारबीचको छलफलमा आन्दोलनरत दलहरूलाई सहमतिमा ल्याउन गोलमेच सम्मेलन गर्न सकिने विषयमा छलफल भएको हो । छलफलपछि समितिका संयोजक गच्छदारले सरकार विघटन र चुनावको मिति नसार्ने शर्तमा दुई–चार दिनभित्रै गोलमेच सम्मेलन गर्न सकिने बताउनुभयो । छलफलमा गच्छदारले समितिले गरेका वार्ताका प्रयास र निणर््ँयबारे पनि अध्यक्ष रेग्मीलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष रेग्मीले समितिले गरेका निर्णयहरू सकारात्मक भएको भन्दै चुनावको विपÔमा रहेका दलहरूलाई वार्तामा ल्याउनका लागि पहल गर्न संयोजक गच्छदारलाई आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...