सहस्राब्दी लक्ष्य पुरा गर्न विकासका योजनामा साझा सहमति हुनुपर्छः खिलराज

२१ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सहस्रँब्दी विकास लक्ष्य हासिल गर्न राष्ट्रिय विकासका योजनामा साझा सहमति हुनपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबारबाट सुरु भएको १३ औ राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष रेग्मीले दीर्घकालीन योजनाहरूमा साझा धारणा आउनुपर्ने बताउनुभएको हो । उहाँले सहस्राव्दी विकास लक्ष्यका ६ वटा विषयलाई परिषद्ले प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो ।

परिषदअध्यक्ष समेत रहनुभएका रेग्मीले सामाजिक तथा आर्थिक क्षेत्रको समतामुलक विकास हुन नसकेकाले धनि र गरिबबीचको खाडल बढ्दै गएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय विकास परिषद्का उपाध्यक्ष रविन्द्रकुमार शाक्यले सन् २०२२ सम्म नेपाललाई विकासोन्मुख राष्ट्र बनाउने लक्ष्यसहित परिषद्ले योजना तर्जुमा गर्ने जानकारी दिनुभयो ।

उहाँले राजनीतिक स्थिरता नभएसम्म सोचेअनुरुपको आर्थिक वृद्धि गर्न नसकिने पनि बताउनुभयो । कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले आगामी बजेट जलविद्युत्त, सुशासन, कृषि, व्यापार र पर्यटन क्षेत्रलाई लक्षित गरी आउने जानकारी दिनुभयो । दुई दिन चल्ने परिषद्को बैठकमा १३ औ विकास योजनाको प्रस्तावित आधार पत्र मस्यौदामा छलफल हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...