असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन खनालको आग्रह

२६ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा अध्यक्ष खनालले नेकपा माओवादीलगायतका दललाई सरकार र दलहरुसंग वार्ता गरी चुनावमा सहभागी हुन आग्रह गर्नु भएको हो । उहाँले जनताको परीक्षाबाट नभाग्न असन्तुष्ट दललाई आग्रह गर्नुभयो ।
अध्यक्ष खनालले मंसिर चारगतेको चुनावका लागि सरकार, जनता र दलहरु एकताबद्ध हुनुपर्ने बताउनु भयो । भारत र चीनकोे सहयोग र सद्भावबाटै नेपालमा स्थायित्व हुने भएकालेले त्यसतर्फ ध्यान दिन आफूहरुले दुवै देशलाई आग्रह गरेको अध्यक्ष खनालको भनाइ थियो ।
कार्यक्रममा एमाले नेता केशव बडालले दलगत स्वार्थका कारण देशलाई लामो समयसम्ँम बन्धकमा राख्नुभन्दा चुनावमार्फत संकट समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...