कृष फोमीले १५ औं चरणको रेश पहिलो स्थानमा जिते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कृष फोमीले १५ औं चरणको रेश पहिलो स्थानमा जिते

Share This
३१ असार । ग्रेट ब्रिटेनका क्रिश फोमीले यो सिजनको चर्चित साइक्लिङ प्रतियोगिता टुर डि फ्रान्स साइक्लिङ अन्तर्गत १५ औ चरणको रेश पहिलो स्थानमा पुरा गर्न सफल भएका छन् ।
गएराती भएको गिभोरस देखि मोन्ट भेनटौससम्मको २ सय ४२ दशमलब ५ किलोमिटरको रेश ब्रिटेनका क्रिश फोमीले ५ घण्टा ४८ मिनेट चार—पाच सेकेन्डमा पुरा गदै पहिलो स्थान हात पार्न सफल भएका हुन् । फोमी भन्दा मात्र २९ सेकेन्ड पछाडी रेश पुरा गदै कोलम्बियाका नाइरो क्विन्टानाले दोस्रो स्थानमा छन् । स्पेनी मिकेल निइभेले निर्धारित दुरी ५ घण्टा ५० मिनेट ८ सेकेन्ड पुरा गदै तेस्रो स्थानमा प्राप्त गरे । समग्रमा अहिलेसम्म ६१ घण्टा ११ मिनेट ४३ सेकेन्ड रेश पुरा गदै ब्रिटेन क्रिश फोमी शिर्ष स्थानमा छन । नेदरल्याण्डका बौके मोल्लेमा दोस्रो तथा स्पेनी अल्बेर्टो कोन्टाडोर तेस्रो स्थानमा छन् । प्रतियोगिता अन्तर्गत भोली भाइसोन ला रोमाइने देखि गापसम्मको १ सय ६८ किलोमिटरको १६ औ चरणको रेश सन्चालन हुनेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here