धादिङको थाक्रेमा बस दुर्घटना, तीन जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धादिङको थाक्रेमा बस दुर्घटना, तीन जनाको मृत्यु

Share This
३१ असार । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस सातकिलामा सोमबार विहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
अर्घाखाँचीबाट काठमाडौंका लागि छुटेको लु १ ख ७३३३ नम्बरको यात्रुबस सडकबाट चिप्लिएर खेतमा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची नरपानेका अन्दाजी २१ वर्षीय पुरन बुढाथोकीको मात्र सनाखत भएको छ । अर्का एक पुरुष र एक महिलाको सनाखत भएको छैन । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here