त्रिकोणात्मक एक दीवसीय क्रिकेट अन्तर्गत भारत फाइनलमा प्रवेश

२६ असार । वेस्ट इन्डिजमा जारी त्रिकोणत्मक एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा जीत हात पार्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
भारतको जितसँगै घरेलु टोली इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ ।

पाधिका लागि बिहिवार पार्ट अफ स्पेनमा भारत र श्रीलंका नै भिड्नेछन ।
प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको हो । बर्षाले अवरुद्ध खेल डकवर्थ लेविस नियमका आधारमा भारत ८१ रनले बिजयी भएको हो । पहिले व्याटिङ गरेको भारतले २९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । खेल बर्षाले अवरुद्ध भएपछि श्रीलंकाले डकवर्थ लेविस नियमका आधारमा २६ ओभरमा एक सय ७८ रनको चुनौती पाएको थियो ।

भारतको इनिङमा ओपनर रोहित शर्माले नटआउट ४८ रनको योगदान दिएका थिए । इनिङमा कप्तान बिराट कोहलीले ३१, शिखर धवन १५, दिनेश कार्तिक १२ तथा सुरेश रैनाले नटआउट ४ रनको योगदान दिए ।

श्रीलंकाको पारीमा दिनेश चण्डिमल सर्वाधिक २६ रनको योगदान दिए । उसको पारीमा जीवन मेन्डिसले १३, माहेला जयबद्र्धनेले ११, कप्तान एन्जोला मेथ्युले १० रन बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् ।

बलिङतर्फ श्रीलंकाका रङ्गना हेराथले २ तथा एन्जोला म्याथ्युले १ विकेट लिए । भारतका भुवनेश्वर कुमारले ४, इसान्त शर्मा र रविन्द्र जडेजाले दुई–दुई तथा उमेश यादव र रविचन्द्र आश्विनले एक–एक विकेट लिएका थिए । भुवनेश्वरले ६ ओभरमा एक मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...