बलराम प्यासी
ललितपुर, १६ साउन । आम हिन्दु महिलाहरुको ठूलो पर्व तीज आउन दुईमहिना बाँकी छँदै राजधानीका धेरै महिला जमघट, भोजभतेर र रमाइलो गर्न शुरु भईसक्यो । आफ्ना श्रीमानलाई फकाउँदै धेरै गृहीणीले हरियो चुरा, पोते, महंगा सारी र गरगहनाको जोहो गर्न पनि लागिसके । तर राजधानीकै सम्भ्रान्त परिवारकी एउटी गृहिणीले भने अनुकरणीय काम गरेकी छिन, तीजको लागि छुट्याएको खर्च समाजसेवामा लगाएर ।
ललितपुर, धोबिघाट ३, पैँयापानी निवासी समाजसेवी एवम् पूर्वशिक्षिका लिलियन बस्नेतले तिज मनाउनको लागि आफ्ना श्रीमानले विदेशबाट पठाएको खर्च कटाएर अनाथ तथा अपांग वालवालिकालाई सहयोग गरेकी छिन् । नेपाली सेनाका सेवानिवृत्त महासेनानी (कर्नेल) अमिर बस्नेतले श्रीमती लिलियनलाई तीज मनाउन अमेरिकाबाट पठाएको खर्चबाट १० हजार रुपैयाँ उनले ललितपुरकै ग्वार्को सिञ्चाहिटीमा रहेको अनाथाश्रमलाई सहयोग गरेकी हुन् । आफ्ना स्वर्गीय सासुससुरा भुवनबहादुर र रतनदेवी बस्नेतको स्मृतिमा आफ्नो तीजखर्च वालवालिकाका लागि सहयोग गरेको लिलियनले बताइन् ।
‘हरेक वर्ष आउने तिज मनाउन त जति पैसाले पनि पुग्दैन ’ उनले भनीन ‘तर त्यहि खर्च कटौति गरेर वालवालिकालाई सहयोग गर्न पाउँनु खुसीको कुरा हो ’।
कालेश्वर महादेव अनाथ, अपाङ्ग असहाय तथा द्धन्दपीडित सेवा समाज नेपालमा आश्रीत वालवालिकाको लागि खाद्यान्नका लागि उनले सो रकम सहयोग गरेकी हुन् । शिक्षासेवी उनकी नन्द संगिता सिलवाल ऐरको पहलमा बुधबार लिलियनले सो रकम संस्थाका अध्यक्ष भानुप्रभात पाण्डेको उपस्थितिमा वालवालिकालाई हस्तान्तरण गरेकी थिइन् ।
संस्थामा कालिकोट, रुकुम, दाङ्ग, हुम्ला सिन्धुपाल्चोक, वर्दिया र मकवानपुरका अनाथ, अपाङ्ग र द्धन्दपीडित गरि ३० जना वालवालिका आश्रीत छन् । उनीहरुलाई सानेपास्थित नाइल स्ट्रिम एकेडेमीले निःशुल्क अध्यापन गराईरहेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा ती वालवालिकालाई सहयोग जुटाउन पहल गर्ने तथा उनीहरुलाई निःशुल्क पढाउने विद्यालय नाइल स्ट्रिम एकेडेमीकी संस्थापक प्रिन्सिपल संगिता सिलवाल ऐर र समाजसेवी लिलियनका दाजु सुनिल बस्नेतको पनि उपस्थिति थियो ।
लिलियनले यसअघि पनि आफ्ना स्वर्गीय सासुससुरा भुवनबहादुर र रतनदेवी बस्नेतको वार्षिक पुण्यतिथिको अवसर पारेर निःसहाय सेवा सदन, मिनभवन तथा पशपुति वृद्धाश्रममा आश्रीत जेष्ठ नागरिकहरुलाई निःशुल्क भोजन गराउँदै आएकी थिईन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

तिजको खर्च अनाथ वालवालिकालाई ! (फोटो फिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment