१२ साउन । जिल्ला स्वास्थ्य कार्यालय मुगुले म्याद नाघेको सर्वोत्तम पिठो वितरण गरेको छ ।उक्त पीठोको सेवनले तीन जना विरामी परेका छन् । जिल्लाको रुगा गाविसको स्वास्थ्य चौकी बाममा वितरण गरिएको पीठको सेवबाट दुई बालबालिका र एक महिलालाई झाडापखाला भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले वितरण गरेको पीठोमा सन २०१३ जुन २५ सम्म सर्वोत्तम पिठोको उपभोग गर्ने मिति राखिएको छ ।
समय नाघिसकेको एक महिना वितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय विभिन्न स्वास्थ्य चौकि मार्फत पीठो वितरण गरिरहेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने निकायले नै नागरिकको स्वास्थ्य माथि प्रतिकुल प्रभाव पार्ने काम गरेको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् ।
म्याद गुर्जेको खाद्यसामाग्री र वितरण गर्ने निकाय (फोटोफिचर)
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

Home
Photo Feature
मुगुमा म्याद गुर्जेको सर्वोत्तम पीठो वितरण, मानव स्वास्थ्यमाथि खेलवाड (फोटो फिचर)
मुगुमा म्याद गुर्जेको सर्वोत्तम पीठो वितरण, मानव स्वास्थ्यमाथि खेलवाड (फोटो फिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment