विषु गुरुङको मृत्युबारे छानविनको माग

१९ असार । भारतको लखनउमा मृत्यु भएका बिसु गुरुङ्गको बारेमा सत्य तथ्य पत्ता लगाउन आफन्तले सरकारसग माग गरेका छन् ।

घटनाबारे छानविन गर्न ललितपुर प्रहरीमा दिएको निवेदन प्रहरीले अस्विकार गरेको भन्दै सत्य तथ्य पत्ता लगाउन आफन्तले माग गरेका हुन् । गत असार १२ गते बखुन्डोल स्थित ब्रिटिस ओभरसिजबाट क्रुस ट्रेनिङ्गको लागी लखनउ गएका ३२ जना मध्ये गुरुङ्गको असार १५ मा मृत्यु भएको थियो । ओभरसिजले मृत्युलाई दुर्घटना भने पनि आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन् । गुरुङ्गको शरिरमा धारिलो हतियार प्रहार गरेको भन्दै उनिहरुले घटना बारे छानविनको माग गरेका हुन् । गुरुङ्गका आफन्त र स्थानियले आफ्ना माग सुनुवाई नभए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...