वायु प्रदूषणका कारण मानिसको औषध आयु साढे ५ बर्ष घट्यो

२५ असार । उत्तरी चीनमा वायु प्रदूषणका कारण मानिसको औसत आयु साढे ५ बर्षले घटेको एक अध्ययनले देखाएको छ ।

चीन, अमेरिका र इजरायली अनुसन्धानकर्ताहरुको अध्ययन प्रतिवेदनले उत्तरी चीनको हुई नदी किनारका बाक्लो आवादी क्षेत्रमा फैलिएको उच्च वायु प्रदुूषणले मानिसको औसत आयुमा प्रभाव पारेको देखाएको हो ।

प्रतिवेदनले ५० करोड मानिसको बसोबास क्षेत्र रहेको हुई नदी किनारमा चीनको दक्षिणी क्षेत्रभन्दा ५५ प्रतिशत बढी वायु प्रदूषण भएको समेत अध्ययनकर्ताहरुले बताएका छन् । सन् १९८१ देखी सन् २००० सम्म उत्तरी र दक्षिणी चीनका विभिन्न शहरमा गरिएको अध्ययनले वायु प्रदूषणको प्रमख कारण तत्कालीन सरकारको कोइला अनुदान दिने नीतिलाई मानिएको छ ।

उत्तरी चीनमा सरकारले सन् ९० को दशकमा जनतालाई कोइला निशुल्क उपलब्ध गराउने नीति लिएको थियो । चीनमा पछिल्लो समय वायु प्रदूषण अत्याधिक भएको भन्दै आलोचना भएपछि सरकार दवाबमा परेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...